उद्योग विभागको परिचय

 वि सं २०७२ को नयाँ संविधान जारी भई देश संघियतामा गई सात वटा प्रदेशहरुको गठन भए पश्चात प्रत्येक प्रदेशहरुले अफ्नो हधिकार क्षेत्रभित्र पर्ने उद्योगहरुलाई व्यवस्थापन गर्न प्रदेश उद्योग ऐन तथा नियमावलीहरु तर्जुमा गरेका छन् । सोही अनुरुप मधेश प्रदेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयको प्रदेश भित्र रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुको नियमन तथा प्रवर्द्धन गर्नको लागि उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गठन भएको थियो । मधेश प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७९।०४।१६ को निर्णयबाट साविकमा रहेको उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय (स्थापना मिति २०७७ असोज २८) खारेज गरी पर्साको विरगंजमा रहने गरी उद्योग विभागको गठन गरेको छ ।

Scroll to Top